२ केजि ८ सय ग्राम चरेस सहित युवक एक पक्राउ

   १३ कार्तिक २०७७, बिहीबार १४:१२  

१३ कात्तिक, रौतहट । गजुरी गाउँपालिका–६ आदमघाट २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित एक युव पक्राउ परेका छन् ।

सोही गाउँपालिका–७ तल्लो पेटारे बस्ने २५ वर्षीय सोमलाल तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले तामाङलाई जाँच गर्दा उनले बोकेको झोलामा उक्त परिमाणको लागूऔषध बरामद गरेको थियो।