ताइवानमा अभ्यास क्रममा विमान दुर्घटना, पाइलटको मृत्यु

   १३ कार्तिक २०७७, बिहीबार १२:५२  

१३ कात्तिक, रौतहट । एफ–५ई युद्धक विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार पाइलटको मृत्यु भएको एससीएमपीले जनाएको छ।

ताइतङ भन्ने क्षेत्रमा अभ्यास मिसनका क्रममा विमान दुर्घटनामा परेको बताइएको छ। स्थानीय समयअनुसार बिहान ७ बजेर २९ मिनेटमा उक्त फाइटर जेट चिहाङ एयरबेसबाट उडको थियो।

इन्जिनमा समस्या आएपछि विमान दुर्घटनामा परेको ताइवानको सेनाले जानकारी दिएको छ। ती मृतक पाइलटको नाम चु कुवान–मेङ भएको बताइएको छ।

पछिल्लो समय ताइवान र चीनबीचका भूराजनीतिक विवाद चर्को बन्दै गएको छ। ताइवान आफ्नो भएको दाबी गर्दै आएको चीनलाई ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताएपछि चीन रुष्ट छ।

हालै ताइवानले अमेरिकासँग हतियारहरु खरिद गर्ने सम्झौताहरु गरेको छ। जसका कारण चीन ताइवान अमेरिका दुवैसँग चिढिएको छ।