मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
१३ कार्तिक, रौतहट । बारामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।
बाराको बारागढी गाउँपालिका–५ सिंहासनी चोकमा गए राति बिजुलीको पोलमा ठोकिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको हो ।
मलाहीबाट कोल्हवीतर्फ जाँदै गरेको ना ४७ प १९ नम्बरको मोटरसाइकल गए राति करिब ११ः३० बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालका–११ का २२ वर्षीय धरबेन्द्र चौधरीको उपचारको क्रममा कलैया अस्पतालमा गए राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ ।