रौतहटमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
१३ कार्तिक, रौतहट । रौतहटमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।
चनद्रपुर १० निवासी बाल्चनपुर की ४३ वर्षीया महिलाको चितवन मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिए पछि कार्तिक ६ गते उनको स्वाब संकलन गरी परिक्षणको लागि लगिएको थियो । मृगौला रोगी रहेकी महिलाको बुधबार दिउँसो मृत्यु भएको थियो । उनको पीसीआर पोजेटिभ रिपोर्ट भने गए राति मात्रै आएको थियो ।
मृतक महिलाको शव आज (बिहीबार) चन्द्रपुर ५ चाँदी नदी किनारमा नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा व्यवस्थापन गरिएको छ ।
योसँगै हालसम्म रौतहटमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या १२ पुगेको छ ।