अमेरिकालाई भारतसँगको सीमा विवादबारे टाढै बस्न चीनको चेतावनी

   १३ कार्तिक २०७७, बिहीबार १२:१९  

१३ कात्तिक, रौतहट । अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले भारत पछि अक्टोबर २८ मा श्रीलंका भ्रमणको क्रममा चिनियाँ कम्युनिष्ट सरकारलाई ‘हिंस्रक जनावर’ को संज्ञा दिएपछि चीनले आक्रामक जवाफ फर्काएको छ ।

कोलम्बोमा रहेको चिनियाँ दूतावासले पोम्पीओको टिप्पणीमा कडा आपत्ति जनाएको हो । दूतावासले श्रीलंका र चीन आपसी सम्बन्धलाई अगाडि बढाउन सक्षम रहेको र तेस्रो देशको सल्लाह आवश्यक नरहेको जवाफ दिएको छ ।

चीनले भनेको छ, ‘भ्रमण सम्मानजनक र लाभदायक हुनुपर्दछ, समस्या बढाउनको लागि होइन ।’ यस अघि पोम्पीओले भारत भ्रमणको बेला चीन–भारत सीमाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

पोम्पीओले भनेका थिए, ‘चीनसँगको सीमा विवादको सवालमा भारतले एक्लो महसुस गर्नु हुँदैन, अमेरिका यसैको साथ उभिएको छ ।’

अक्टोबर २८ मा माइक पोम्पीओ र अमेरिकी रक्षामन्त्री मार्क एस्पेरको भारत भ्रमणका बेला चीनको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्रीले फेरि त्यहि झूट दोहोर्‍याइरहेको र अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्डहरुको उल्लंघन गरेको बताएको छ।

चीनले अमेरिकाले भारत र चीन बीचको सीमा विवादमा संलग्न नहुने आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सीमा विवाद रभात र चीनको आन्तरिक मामिला भएको बताएका छन् ।

‘म यो कुरा स्पष्ट गर्न चाहन्छु कि सीमा विवाद भारत र चीनको विषय हो ।यसमा कुनै पनि तेस्रो पक्षको लागि कुनै ठाउँ छैन । अहिले सीमामा स्थिति स्थिर छ र दुबै पक्ष वार्ताको माध्यमबाट समस्या समाधान गर्नमा व्यस्त छन्’, उनले भने । उही समयमा भारतमा चिनियाँ दूतावासले भनेका छ कि अमेरिका विभिन्न समूहहरुसंग लड्न चाहन्छ।

चीनले चीन क्षेत्रीय स्थायित्व, शान्ति र प्रगतिको आधारमा द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने बताएको छ ।

‘भारतसँगको सीमा विवाद द्विपक्षीय हो । दुबै देशहरूले कूटनीतिक र सैनिक तहमा वार्ता मार्फत यो मुद्दालाई सुल्झाउने प्रयास गरिरहेका छन् । कुनै पनि आपसी समस्या समाधान गर्न चीन र भारतको विवेक छ । यस विषयमा कुनै पनि तेस्रो पक्षको आवश्यकता छैन’, चीनले भनेको छ ।

पोम्पियोको उक्त टिप्पणीबाट श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षेले स्पष्टीकरण दिनु परेको थियो । श्रीलंकाका राष्ट्रपतिले अमेरिकी विदेश सचिव माइक पोम्पीओलाई ट्वीटरमा मेन्सन गर्दै लेखेका छन्, ‘श्रीलंका सधैं आफ्नो विदेश नीतिमा तटस्थ रहन्छ र हामी शक्तिशाली देशहरूको विवादमा पर्न चाहँदैनौं ।’

एजेन्सी