गण्डकीमा थपिएका ३५ कोरोना संक्रमित
द नेपाल मिडिया
१३ कार्तिक २०७७, बिहीबार १२:०३
१३ कार्तिक, रौतहट । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङ गर्दा ३५ जना संक्रमित थपिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
थपिएका नयाँ कोरोना संक्रमित मध्ये पर्वतका २ जना, कास्कीका ३ जना, म्यागदीका ५ जना र गोरखाका २५ जना रहेका छन् ।
योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ९ सय ८० पुगेको निर्देशनालयले जनाएको छ ।