दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापेर ३२ वर्षीय चालकको मृत्यु

   १३ कार्तिक २०७७, बिहीबार ११:५०  

१३ कार्तिक, रौतहट । दार्चुलामा आफ्नै टयाक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

दार्चुला जिल्लाको अपिहिमाल गाउँपमलिका ५ घोडेभित्तामा आफैँले चलाएको ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम पाथाको मृत्यु भएको हो ।

लटिनाथनबाट कमरीगाड हाइड्रो पावरमा सिमेन्ट लैजाने क्रममा ट्याक्टर रोकेर शौचका लागि सडक किनारमम गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।