नेकपा विप्लव समूहका पुर्वी कमाण्ड काशिनाथ घिमिरेसहित २ जना पक्राउ
१३ कार्तिक, रौतहट । नेकपा विप्लव समुहका पुर्वी कमाण्ड सहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसे स्थित खालि घरमा बसेको थाहापाएर मोरङ प्रमुख एसपि सन्तोष खडकाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाका सुरुङगा नगरपालिका २ का काशिनाथ घिमिरे र इलाम चुलाचुलि ६ बस्ने कमरेड सनम भन्ने विज्ञान राई रहेका छन् ।
हिजो ( बुधबार)बेलुका करिब ७ बजे छापा मार्दा नेकपा विप्लब समुहको पूर्वी कमाण्ड मेची कोशी व्यूरो चौथो कम्पनीका कम्पनि कमिशनर काशिनाथ घिकिरे र पुर्व सप्तरी जिल्ला सेक्रेटरी पाटीका साधारण सदस्य विज्ञान राई पक्राउ गरी खानतलासी गर्दा उनिहरुको साथबाट हातहतियार खरखजाना , बिष्फोटक पदार्थ, विप्लव समुहको दस्तावेज र वन्दोवस्तीका सामानहरु समेत फेला पारेको एसपि खड्काल् जानकराी दिनु भएको छ ।
उनीहरुले मिक्लाजुङका स्थानीयहरुसंग चन्दा असुली गर्ने गरेको पाइएको छ । पक्राउ पर्नेहरु माथि हातहतियार, खरखजाना तथा विष्पोटकपदार्थ सम्बन्धी कसुरमा मुद्धा दायर गरि अनुसन्धान कारवाही गरिने मोरङ प्रहरीले जनाएको छ ।