बाराको सुवर्ण गाउँपालिकामा प्रहरीको गोली लागेर बालक घाइते
१३ कात्तिक, रौतहट । बाराको सुवर्ण गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर एक बालक घाइते भएका छन् ।
गएराति इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको झण्डै २० क्विन्टल आलु प्याज जिल्ला प्रहरी कार्यालय कलैया लैजाने क्रममा झडप भएको हो । प्रहरीको गाडीमा लोड गरिएको सामान स्थानीयले निकाल्न खोजेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जनाएको छ ।
प्रहरीले चलाएको गोली लागेर सुवर्ण गाउँपालिका वडा नम्बर २ का १४ वर्षका रन्जन यादव घाइते भएका छन् । टाउकोमा गोली लागेर घाइते भएका यादवलाई वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ रेफर गरिएको छ ।
स्थानीयले हानेको ढुंगा लागेर केही प्रहरी सामान्य घाइते भएका छन् ।