सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकितालाई कोरोना पुष्टि
१३ कार्तिक, रौतहट । सञ्चारकर्मी रवि लामिछाने र उनी पत्नी निकिता पौडेललाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
आज बिहान लामिछानेले आफू र आफ्नै श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको समाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
यही गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि, बुधबार पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
उनले लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ ।
घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।