पोखरामा थप एक संक्रमित महिलाको मृत्यु

   १३ कार्तिक २०७७, बिहीबार १०:३५  

१३ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण पोखरामा थप एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको (कोभिड १९) अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ बस्ने ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

यही कात्तिक ५ गते उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्तालमा भर्ना भएकी थिइन् । आईसीयूमा उपचाररत ती महिलाको बुधबार गएराति करिब ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

योसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या २० पुगेको डा अर्जुन आचार्यले बताए ।