पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि

   १२ कार्तिक २०७७, बुधबार १६:३६  

१२ कात्तिक, रौतहट । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् ।

काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।