स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित पर्सामा १६ जनामा कोरोना पुष्टि
१२ कार्तिक, रौतहट । पछिल्लो तीन दिनदेखि बन्द रहेको पीसीआर परीक्षण पुनःपुचारु भएको छ ।
मंगलबार ९९ जनाको पीसीआर परीक्षण गर्दा पर्सामा १६, बारामा १ र रौतहटमा १ जना गरी थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये पर्साका एक जना ३६ वर्षीय महिला चिकित्सक र एक जना २८ वर्षीय नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान रहेको अस्पतालका प्रवक्त एवम वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
थपिएका संक्रमितहरुमा १२ वर्षीय बालकदेखि ६१ वर्षीय वृद्ध समेत रहेका छन् । उनीहरुको सिटि भ्याली १५ देखि ३१ सम्म रहेको डाक्टर चौरसियाले जनाएका छन् ।
सिटि भ्यालु २४ भन्दा माथि रहेको संक्रमितले अन्य व्यक्तिमा संक्रमण सार्ने सम्भावना कम रहेको विज्ञहरुले बताउँने गरेका छन् ।