खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार जना घाइते
११ कात्तिक, रौतहट । खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु छ ।
सोमबार राति १ ज. ३४७० नम्बरको जीप उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको बराहापोखरी गाउँपालिका– पाँच सोह्रखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–छ का ४० वर्षीय विश्व राई, सोही स्थानका ४५ वर्षीय दधुमान राई, र उदयपुर चौदण्डीगढी नगरपालिका– ८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै नौ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–आठ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–छ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् । घाइतेको धरानमा उपचार भैरहेको छ ।
दुर्घटनाको कारण खुलेको छैन ।