सिरहामा एकै परिवारका दुई बालकको पोखरीमा डुबेर मृत्यु
११ कार्तिक, रौतहट । सिरहाका नरहा गाउँपालिका ३ मा एकै परिवारका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सोमबार बेलुका ७ बजेको समयमा गाउँदेखि करिब ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा नरहा गाउँपालिका–३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा अनजार र ८ वर्षीय छोरा यहसानको शव फेला परेको हो ।
उनीहरुको शव पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको परेको प्रहरीको भनाइ छ ।
घरबाट दिउँसो ३ बजेदेखि हराइरहेका उनीहरुको खोजतलास गर्ने क्रममा शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।
उनीहरु माछामार्ने वा नुहाउन पाखरीमा पसेको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ । घटनाबारे अनुन्सधान भइरहेको सन्तुलाल जयसवालले जनाइएको दिए ।
वडाध्यक्ष अनिसुल अन्सारीले गाउँमा बच्चाहरु हराइरहेको हल्ला चलेपछि खोज्दै जाने क्रममा बेलुकी ७ बजेको आजपास गाउँलेले नै पोखरीमा तैरिरहेको अवस्थामा देखेको बताए ।
दुवै शप पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उपाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।