गुल्मीका वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ
द नेपाल मिडिया
११ कार्तिक २०७७, मंगलवार १२:२७
११ कार्तिक, रौतहट । गुल्मीको रेसङगा नगरपालिका वडा नं. ७ बाट वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वडा अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जना हुन् । वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन् ।
रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।
होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनिहरुलाई सोमबार राती पक्राउ गरिएको हो । उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका भएको रावलले बताए ।