सप्तरीमा दई किशोरी माथि बलात्कारको प्रयास, एक किशोरी भाग्नमा सफल

   ११ कार्तिक २०७७, मंगलवार १२:०१  

११ कार्तिक, रौतहट । सप्तरीमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ, भने अर्की एक किशोरीमाथि पनि सामुहिक बलात्कारको प्रयास असफल भएको हो ।

सप्तरीको तिरहुत गाउँपालिकामा यही कार्तिक ८ गते शनिबार राति करिब ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएको बेला १८ वर्षीय दलि किशोरीमाथि सामुहिक बलात्कार भएको छ । अर्की एक किशोरीले लुकाएर भागेको प्रहरी जानकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा स्थानीय सुनिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

दुवै किशोरीलाई एक समूहले नियन्त्रणमा लिएर घरभन्दा करिब चार सय मिटर टाढा पुर्याएका थिए । एक किशोरी बतात्कृत भएकी र अर्की किशोरी भाग्न सफल भएकी डिएसपी सिंहले बताए ।

पीडित किशोरीकी आमाले दिएका जानकारी अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेकी थिइन् । उनीसँगै गएकी अर्का किशोरी आँत्तिएर घरतर्फ आइरहेको अवस्था भेटिएको उनले बताइन् ।

पीडित दुवै किशोरीकी आमाले सोमबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको डिएसपी सिंहले जानकारी दिए । ‘घटनामा संलग्न एक जनालाई पक्राउ गरेका छौं, थप अभियुक्तको खोजी भइरहेको छ,’ उनले भने।

घटनापछि बाँकी युवाहरु भागेका प्रहरीले जनाएको छ ।