पर्सा र बारामा थप १३ जनासहित २ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
८ कार्तिक २०७७, शनिबार १२:५८
८ कार्तिक, रौतहट । पर्सा र बारामा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा पर्सा र बारा जिल्लाबाट ल्याइएको ७२ जनाको थ्रोट स्वाबलाई पीसीआर परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो ।
आज थपिएका कोरोना संक्रमितहरु मध्ये पर्साका ११ जना र बाराका २ जना रहेका अस्पतालका प्रवक्ता एवम वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
थपिएका संक्रमितहरुमा २ वर्षीय बालकदेखि ६० वर्षीय उमेर समूहका वृद्धसम्म रहेका छन् ।
उनीहरुको सिटि भ्यालु १४ देखि ३० सम्म रहेको डाक्टर चौरसियाले जनाकारी दिए ।