कपिलवस्तुमा एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको प्रयास

   ८ कार्तिक २०७७, शनिबार ११:४०  

८ कार्तिक, रौतहट । कपिलबस्तुको शुद्धोधन गाँउपालिका वडा नं. ६ स्थित एक गाँउमा एक बालिकामाथि सामूहिक बलात्कार गर्ने प्रयास गरेको छ ।

शुक्रवार साँझ करिब ६ः३० बजे बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि दुई युवाहरुद्वारा सामूहिक बलात्कारको असफल प्रयास भएको हो।
निज युवती गाँउ नजिकै सीमानामा बाख्रा चराइरहेको बेला एकान्तको मौका छोपी सोही ठाँउ बस्ने २१ वर्षीय रोजन मुसलमान र भारतीय नागरिक निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमानले दुपट्टाले मुख छोपी सामूहिक बलात्कार गरेका थिए । प्रतिकारको क्रममा उनी गम्भीर घाइते भएको वडा अध्यक्ष बिजयबहादुर यादवले जानकारी गराए ।

आरोपितहरुलाई गाउँलेहरुको सहयोगमा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मबहादुर भण्डारीले जानकारी गराए ।

कपिलबस्तु प्रहरी प्रबक्ता डीएसपी भण्डारीले ती युवाहरुको कुटाइबाट घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको बताएका छन् ।