मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

   ७ कार्तिक २०७७, शुक्रबार १२:१४  

७ कार्तिक, रौतहट । लुम्बिनीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।

लु. ३७ प. १८३१ नं. को मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किँदा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ पडरियाका २५ वर्र्षीय हुसेन मोहम्मद मुसलमानको गम्भीर घाइते भएका मोटरसाइकल चालक मुसलमानलाई भीम अस्पताल भैरहवा पु¥याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार मोटरसाइकलमा सवार पडरियाकै २० वर्षीय मसुद अहमद मुसलमान गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि भारत लगिएको छ ।