कोरोनाका कारण थप दुई जनाको मृत्यु
७ कार्तिक, रौतहट । विराटनगरमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले जानकारी दिए । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग पनि थियो ।
त्यस्तै, मोरङको शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो
स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक विहान भर्ना भएका थिए ।
सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो ।