बिहीबार थप ३६३७ जनामा कोरोना पुष्टि

   ६ कार्तिक २०७७, बिहीबार १६:५३  

६ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १५ हजार २ सय २५जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६ सय ३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय १९ पुगेको छ ।

आजसम्म देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या ४४ हजार ८ सय ७७ जना रहेका छन्, जसमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ३ सय ४९ जना र होम आइसोलेशनमा ३१ हजार ५ सय ३८ जना रहेको छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या १ लाख २ सय ८ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच थप २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसंगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय १२ पुगेको डा. गौतमले बताए ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौ उपत्याकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १ सय १२ जनामा कोरोना प्सष्ट भएको छ ।