दुर्लभ रेडपाण्डाको छालासहित चार पक्राउ

   ६ कार्तिक २०७७, बिहीबार १३:३५  

६ कार्तिक, रौतहट । दैलेखबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।

नौमुले गाउँपालिका २ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका ३ का ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका ९ दैलेखका ४० वर्षीय सविता थापालाई प्रहरीले पक्राउ गरिएको हो ।

वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरुलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए हो । उनीहरुको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।