चीनसँग तवानकै क्रममा भारतले गप्यो अर्को मिसाइल परीक्षण
६ कात्तिक, रौतहट । चीनसँगको सीमा क्षेत्रमा जारी तनावकै बीचमा भारतले मिसाइल परीक्षणमा गरेको छ । परीक्षणमा अर्को सफल हात पारेको छ । भारतले बिहीबार ‘नाग एन्टी–ट्यांक गाइडेड मिसाइलको अन्तिम चरणको सफलतापूर्वक परीक्षण’ गरेको हो ।
बिहान ६ बजेर ४५ मिनेट जाँदा राजस्थानको पोखरण फिल्ड फायरिङ रेन्जमा यसको परीक्षण गरियो । भारतको रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ) ले नाग मिसाइल विकास गरेको हो ।
सीमामा जारी तनावका बीच मिसाइलहरुको परीक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भर्खरै मात्र डिआरडिओका प्रमुखले सेनाका लागि स्वदेशी मिसाइलहरु तयार गर्ने काममा संस्थान जुटेको बताएका थिए । उनले मिसाइल क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाइने बताएका थिए ।
रक्षा अनुसन्धान र विकासमा स्टार्ट अप र माइक्रो तथा साना र मझौला कम्पनीसहित भारतीय उद्योगको हिस्सेदारीलाई प्रोत्साहित गर्न एक दिन पहिलेमात्रै रक्षामन्त्री राजनाथसिंहले डिआरडिओ प्रोक्योरमेन्ट म्यानअल २०२० को एक नयाँ संस्करण जारी गरेका थिए ।
एजेन्सी