नर्भिक अस्पतालका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

   ५ कार्तिक २०७७, बुधबार १२:२७  

५ कार्तिक, रौतहट । नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।