पोखरीमा डुबेर एक बालकको मृत्यु
द नेपाल मिडिया
५ कार्तिक २०७७, बुधबार १२:११
५ कार्तिक, रौतहट । बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बलरा ४ स्थित रहेका सार्वजानिक पोखरीमा डुबेर स्थानीयवासी जगु सहनीका नौ वषीृय छोरा आदित्यकुमारको मृत्यु भएको हो ।
मंगलबार सांझ पोखरीमा नुहाउने क्रममा सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शवको पोस्मार्टको लागि मलङ्गवा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएका छन् ।