बन्दीपुरबाट दुई थान पेस्तोलसहित एक जना पक्राउ

   ५ कार्तिक २०७७, बुधबार ११:१८  

५ कार्तिक, रौतहट । बन्दीपुरमा अवैध हतियारबाट सर्वसधारणलाई त्रसित र आङ्तकित पार्दै हिड्ने एक जना पक्राउ परेको छ ।

जिल्लाका बन्दीपुर गाउँपालिका ६ निवासी ४० वर्षीय अशोक गुरुङलाई प्रहरीले पक्राउ गरिएको हो ।

विषेश सुचनाका अधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले दुई थान पेस्तोलसहित उनलाई घरबाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ। घर भित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई र ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल बरामद गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए।