चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

   ४ कार्तिक २०७७, मंगलवार १३:४६  

४ कार्तिक, रौतहट । चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत खैरानी नगरपालिका १० बस्ने ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । यही असोज २९ गते निमोनियाका कारण उनी अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएपछि, उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि संक्रमितलाई बचाउन नसकिएको मेडिकल कलेजले जनाएको छ ।

यस्तै, चितवन मेडिकल कलेजमा गैंडाकोट नगरपालिका ७ निवासी एक ५० वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारकै क्रममा मंगलबार बिहान करिब ९ः५६ मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जनाएका छन् ।

यही असोज १७ गते सर्पले डसेपछि अस्पताल भर्ना भएका उनीमा त्यसको भोलिपल्ट पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आईसीयू कक्षमा राखेर उपचार गरिएपनि उनलाई बचाउन नसकिएको डा। लम्सालले बताए ।