दाङबाट प्युठानक जाने क्रममा बस दुर्घटना हुदाँ चालकको मृत्यु, ३ जना घाइते
द नेपाल मिडिया
४ कार्तिक २०७७, मंगलवार ११:५०
४ कार्तिक, रौतहट । मंगलबार बिहान दाङबाट प्युठानक जाने क्रममा बस दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।
प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा ना ४ ख ५५६१ नम्बरको यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ ।
त्यसैगरी, प्युठानको माण्डवी गाउँपालिका–१ तिराम बस्ने ४५ वर्षीया लक्ष्मी खत्री , ६६ वर्षीय गोकर्ण अधिकारी र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक घाइते भएका र उनीहरुको अवस्था गम्भीर रहेको समेत प्रहरीले जनाएको छ ।
बस दुर्घटना घाइते भएका तीनै जनालाई उपचारका लागि दाङ पठाइएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जनाए ।