प्रतिष्ठानमा ७ सय ६६ जनाको परीक्षण गर्दा ३ सय २५ जनामा कोरोना पुष्टि
द नेपाल मिडिया
४ कार्तिक २०७७, मंगलवार ११:२७
४ कार्तिक, रौतहट । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बितेको केही समय समुदायस्तरमा नै कोरोना भाइरसको संक्रमण फैलिसकेको देखिन्छ । परीक्षण अनुपात र संक्रमित संख्याका आधारमा समुदायस्तरमा कोभिड १९ फैलिसकेको भए पनि सरकारले भने यसबारे मुख खोलेको छैन ।
परीक्षण भएकामध्ये ४ सय १७ जनामा नेगेटिभ देखिएको छ । साथै कोभिड संक्रमितको परीक्षण गर्दा २४ जना पोजेटिभ यथावत रहेको पनि देखिएको छ ।
प्रतिष्ठानको कोभिड अस्पतालमा अहिलेसम्म ९ सय ५४ जना भर्ना भएर उपचार गराएका छन् । तीमध्ये ८ सय २ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै अस्पतालमा ज्यान गुमाउने संक्रमितको संख्या ६६ पुगेको छ ।