प्रभु साहले फिर्ता गरे दशैं भता

   ३ कार्तिक २०७७, सोमबार १४:१०  

 

३ कार्तिक, रौतहट । कोरोना महामारीका कारण देश विषम परिस्थीतीमा रहेकोले अहिले प्रतिनिधिसभा सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैं भता नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले फिर्ता गरेका छन ।

“अहिलेको अवश्थामा जनप्रतिनिधिलाई दशैं भता दिन उपयुक्त मान्दिन ।” पूर्वमन्त्री एवं रौतहट ३ का सासंद प्रभु साहले भने “मेरो खातामा पनि दशैं भता वापत ६४ हजार ७० रुपैंया प्राप्त भएकोमा सो रकम नगदनै फिर्ता गरेको छु ।” संघीय संसद सचिवालयमा पत्र पठाउदै अध्यक्ष साहले सो रकम फिर्ता गरेको जानकारी गराएका हुन ।

जनप्रतिनिधिलाई सरकारले दशैं भता पठाएको विषयमा विभिन्न राजनितिक दल र प्रतिनिधिहरुले विरोध समेत गरेका छन ।