रडार गनले स्पीड जाच्दै रौतहट ट्राफिक प्रहरी

   ३ कार्तिक २०७७, सोमबार ११:४८  

 

३ कार्तिक, रौतहट । चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रौतहटमा रडार गनको प्रयोग गरी सवारीको गती जाच्ने काम शुरु गरेको छ ।

दशैंको बेला सवारी साधनको प्रयोगमा सावधानि अपनाउन र सुरक्षित यात्रा गर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले गौर चन्द्रपुर सडकखण्ड लगायत जिल्लाका अन्य सडकहरुमा पनि सवारी चेकजाँचको क्रमलाई तिव्रता दिएको छ । चाडबाडका बेला खासगरी यूवाहरुले अत्याधीक तिव्र गतीमा मोटरसाइकल लगायतका सवारी साधन चलाउनाले प्रत्येक वर्ष दुर्घटनामा व्यक्तिहरुले ज्यान गुमाउने गरेका छन ।

मादक पदार्थको सेवन गरी सवारी चलाउने, सवारी चालक अनुमती पत्र बगैर सवारी चलाउने र ट्राफिक नियम उल्लघन गर्नेहरुलाई कारवाहीको काम तिव्र बनाइएको ट्राफिक प्रहरी नायब निरिक्षक टोपबहादुर खत्रिले बताए । गौरमा पहिलो पटक रडार गनको प्रयोग गर्दै चेकजाँचलाई तिव्रता दिएको र ट्राफिक सचेतनाका कार्यक्रमहरु पनि गरेको नायब निरिक्षक खत्रिले बताए ।

चाडबाडका बेला सवारी दुर्घटना नहोस भन्नको लागी सवारीको गती जाँच गर्ने काम शुरु गरेको र साना तथा मझौला सवारी चालकहरुलाई पनि ट्राफिक नियमको बारेमा सचेतना कार्यक्रम गरेको ट्राफिक प्रहरी कार्यालय गौरले जनाएको छ ।