बाँकेमा सोमबार ७० जना कोरोनामुक्त भई डिस्चार्ज

   ३ कार्तिक २०७७, सोमबार ११:३१  

३ कार्तिक, रौतहट । बाँकेमा सोमबार ७० कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेमा २ वर्षीय बालकसहित बाँकेका ३१ जना महिला र ३९ जना पुरुष गरी ७० जनाले कोरोनामुक्त भइ डिस्चार्ज भएका कोभिड १९ संकट ब्यवास्थापन केन्द्र बाँकेले जानकारी दिए ।

बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई असोज १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ ।

विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका १७ सहित ५ सय ७० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ९१ पुगेको छ ।

त्यस्तै, कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण हालसम्म २९ जनाको मृत्यु भईसकेको छ ।