छेडागाडमा झुन्डिएर एक युवाले गरे आत्महत्या
२ कार्तिक, रौतहट । आईतबार बिहान छेडागाड नगरपालिका ९ चल्लोपालेमा दोबट्टाको पासो लगाएर घरमा फुन्डिएको अवस्थामा एक युवको शव फेला परेको छ ।
कान्छा ससुरा नाता लाग्ने बिष्णु गिरीको घरमा घाँटीमा दोवट्टाको पासो लगाएर ३३ वर्षीय लिलारामले आत्म हत्या गरेको स्थानीयले बताएका छन । लिलारामले आत्महत्या गर्नुको कारण हालसम्म नखुलेको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिए ।
बडाबन ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली घटना स्थलमा पुगिसकेको जानकारी दिदै डिएसपी श्रेष्ठले जिल्लाबाट गएको प्रहरी टोली पनि केहि समयमै घटना स्थलमा पुग्ने बताए ।
लिलाराम छेडागाड नगरपालिका–८ रुवाका हुन भने, कान्छा ससुरा बिष्णु गिरीको घर छेडागाड नगरपालिका–९ चल्लोपोलेमा पर्दछ । लिलाराम २ दिन अघि मात्र सुर्खेतबाट घर फर्केको बताईएको छ ।