धरान र बिराटनगरमा तीन कोरोना संक्रमितको मृत्यु
२ कात्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।
धरानमा र बिराटनगरमा गरी तीन जना कोारोना संक्रमितको मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीको इटहरी उपमहानगरपालिकाका ९ निवासी ७९ वर्षीय वृद्धको उपचरका क्रममा आइतबार बिहान करिब ३ः०५ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
मृतकमा मुटु सम्बन्धी पुरानै समस्या समेत रहेको श्रेष्ठले बताए ।
यसैगरी, शनिबार राति बिराटनगर महानगरपालिका १२ बस्ने एक ५५ वर्षीय पुरुषको कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा करिब १०ः५५ बजेको समयमा मृत्यु भएको छ ।
यही असोज १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै , बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आज बिहान करिब ९ बजे मृत्यु भएको हो ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा असोज २५ गते भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।