बारा र पर्सामा गरी थप १३ जनामा कोरोना पुष्टि
द नेपाल मिडिया
२ कार्तिक २०७७, आईतवार ११:२५
२ कात्तिक, रौतहट । बारा र पर्सामा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
शनिबार साँझ बाराका ४८ र पर्साका ५१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएको कोरोना संक्रमितमध्ये बाराका ७ जना, पर्साका ५ जना र सर्लाहीका १ जना गरी जम्मा १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस कुमार चौरसियाले जानकारी दिए ।