पर्सा र बारा गरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

   १ कार्तिक २०७७, शनिबार १३:४९  

१ कार्तिक, रौतहट । पर्सा र बारामा गएराति ३६ जना संक्रमित थपिएका छन् । शुक्रबार राति वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साका २२, बाराका १२ जना, रौतहटका १ र सप्तरीका १ जना गरी जम्मा ३६ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले बताए ।

पर्साका विभिन्न ठाउँबाट संलकन गरिएको १३९ र बाराबाट संकलित ५६ जनाको शुक्रबार राति जम्मा १९२ जनाको स्वाब परिक्षण गरिएको थियो । पर्सामा थपिएका संक्रमितमध्ये २५ जना पुरुष र ११ जना महिला रहेका छन् । अधिकांश संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका छन् ।

पर्साका डाबर नेपालका एक जना कर्मचारी र वीरगञ्जस्थित एनसीसी बैंकका ३ जना र एसबीआई बैंकका एक एक जना कर्मचारीमा संक्रमण देखिएको छ । वीरगञ्ज महानगरको वडा नं। १० का ६ जना र वडा नं। १३ का ४ जनामा संक्रमण पुष्टि भएको छ ।

बाराको सुवर्ण गाउँपालिकाको वडा नं। २ का १ जना र कलैया वडा नं। ५ का १जनामा संक्रमण देखिएको छ । बाराका बाँकी संक्रमित निजगढ नगरपालिकाका हुन् । निजगढको वडा नं। ९ का ६ जना, वडा नं। ७ का ३ जना, वडा नं। ६ र ८ का एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

एक जना रौतहटको राजपुर नगरपालिकाका र सप्तरीको रुपनी गाउँपालिकाका एक एक जना पनि संक्रमित भएका छन् ।

थपिएका संक्रमितहरुको सिटी भ्यालु १८ देखि ३६ सम्म रहेको र उमेर भने १३ देखि ७२ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेस कुमार चौरसियाले जानकारी दिए ।