शुक्रबार थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि
३० असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा दिएका जनाकारी अनुसार बितेको २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ९२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
त्यस्तै, हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ८२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका हुन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म देशभर कोरोनामुक्त हुनेको कुल संख्या ८८ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ, भने यस संगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय १५ पुगेको डा. गौतमले बताए ।
यस्तै, काठमाडौँ उपत्याकामा मात्रै २ हजार ४ सय २ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना गरी २ हजार ४ सय २ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।