सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरे
३० असोज, रौतहट । बिहीबार साँझ सिद्धिचरण नगरपालिका ५ सानीटारमा सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका छन् ।
१२ वटा बाँदरलाई वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयले जीवितै उद्धार गरेका छन् ।
मानीटारमा सँधै अन्नबाली खाएर दुःख दिने क्षेत्रमा शुक्रबार ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो ।
सिांचइका लागि निर्माण गरिएको सिमेन्टको पोखरीमा अन्य दिन पनि बाँदरहरुले आएर सहजै पानि खाएर फर्किन्थे, तर हिजो पानीको सतह तल भएकाले पिउन खोज्दाखेरि बाँदरहरु डुबेर मरेको देखिएको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।
एउटा डुबेपछि अरु पनि पालैपालौ पोखरीमा पसेर डुबेर मरेको अनुमान गरिएको छ ।
बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरिएको छ । स्थानीय मिनप्रसाद दाहाल र विकास विशंखेले सुरुमा बाँदर पोखरीमा पसेको देखेका थिए ।
उनीहरुले सकेको जति उद्धार गर्दागर्दै पनि २२ वटा मरेको बताए ।