कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजना मृत्यु
द नेपाल मिडिया
३० आश्विन २०७७, शुक्रबार १३:२०
३० असोज, रौतहट । कोरोना संक्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका २ बस्ने ६७ वर्षीय पुरुषको बुटवल धागो काराहानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार बिहान करिब ७ः१५ बजेको समयमा मृत्यु भएको हो
उनमा यही असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
मृतक पुरुषलाई चार दिनसम्म आइसोलेशन वार्डमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा समस्या आएपछि असोज २५ गते उनलाई आईसीयू कक्षमा सारेर उपचार उपचार गरिए पनि उनलाई बचाउन नसकिएको डा गौतमले बताए ।
योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४६ पुगेको छ