बाँकेमा थप एक संक्रमितको मृत्यु

   ३० आश्विन २०७७, शुक्रबार १२:१८  

३० असोज, रौतहट । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ बस्ने ३३ वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारकै बिहीबार बिहान करिब ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि यही असोज २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि, पीसीआर परीक्षण गर्दा असोज २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी, बाँकेमा थप १७ जनाले कोरोना जितेर डिस्चार्ज भएको छन् भने योसंगै बाँकेमा कोरोनामुक्त हुनेको संख्या १ हजार १ सय ८० पुगेको छ ।