छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु

   ३० आश्विन २०७७, शुक्रबार ११:०१  

३० असोज, रौतहट । छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु भएको छ । बैतडीमा एक वडाध्यक्षकको र महोत्तरीको बर्दिबासमा एक किशोरीको मृत्यु भएको हो ।

बैतडी जिल्लाको सुर्नया गाउँपालिका ५ बस्ने ७० वर्षीय वडाध्यक्ष केशव मडैको हिजो (बिहीबार) साँझ एक्कासी घरमा लडेपछि बेहोस हुदाँ उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटौमै उनको मृत्यु भएको जिल्लो प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

लामो समय देखि उनी सुगर, प्रेसर र जन्डिसको बिरामी समेत रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएका छन् ।

उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका ६ मा रौतहटको राजपुर नगरपालिका ३ का १५ वर्षीया जाकिर मियाँ धोबीको कपडा पेल्ने मेसिनमा हात च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएर गम्भीर घाइते भएका थिए ।

अत्यधिक रक्तश्राव भइरहेको किशोर धोबीलाई तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको र त्यहाँ सामान्य उपचारपश्चात विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता कपडा पेल्ने मेशिनसहितको ट्याक्टर र चालक रौतहट, ईशनाथ नगरपालिका–९ बस्ने २३ वर्षीय असलम मियाँ ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको जनाइएको छ ।