बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

   ३० आश्विन २०७७, शुक्रबार १०:३१  

३० असोज, रौतहट । बुटवलमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेदेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमका नगरपालिका २ निवासी ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

असोज २१ गते कोरोना पुष्टि भएपछि, उनी अस्पताल भर्ना भइ उपचार गराइरहेका थिए, उपचारका क्रममा उनलाई असोज २५ गते अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामाद उपचार भइरहेको थियो ।

उपचारका क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको डा. थापाले बताए । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा. थापाले जानकारी दिए ।

योसँगै हालसम्म केरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।