दुई साता पछि सँझाको हत्यारा पक्राउ

   २९ आश्विन २०७७, बिहीबार १७:३२  

 

२९ असोज, रौतहट । बलात्कार पछि बालिकाको हत्या गरेको आरोपमा रौतहटमा एक व्यक्ती पक्राउ परेका छन । रौतहटको बृन्दावन नगरपालिकामा १६ असोजमा बलात्कार पछि हत्या भएको अवश्थामा १४ वर्षकी बालिका सँझा साहको शव फेला परेको थियो ।

घटनामा सँलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रदेश २ प्रहरी कार्यालयबाट खटिएको सँयुक्त टोलिले वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुवाका ४५ वर्षिय चुनु साह तेलीलाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी धिरज प्रताप सिंहले बताए । पक्राउ परेका साहले बालिकालाई ललाइ फकाइ जबरजस्ती करणी गरेको र करणी पश्चात बालिकाले अरुलाई भनिदिने भनेपछि अन्य व्यक्तिले थाहा पाउने डरले घाटी थिचेर हत्या गरेको अनुसन्धानमा खुलेको उनले बताए ।

बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवामा मामाघर बस्दै आएकी सँझा साह गाइबस्तुको लागी घास काटन गएको बेला उनको शव गाउँकै उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो ।

हत्या पछि फरार रहेका साहलाई गरुडा नगरपालिका ४ बाट पक्राउ गरेको र मृतक बालिका निजको छोरीको मिल्ने साथी भएकोले घरमा आउनेजाने रहेकोले पहिले देखि नै बालिका प्रति साहको नराम्रो दृष्टी रहेको र उनले आफ्नो अपराध स्वीकार गरेको डिआइजी सिंहले बताए ।