बिहीबार थप ३,७४९ जना कोरोना पुष्टि, मृतकको संख्या ६९४ पुग्यो
२९ असोज, रौतहट । नेपालमा पछल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड १९)का सक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३६ हजार ५ सय ३३ रहेको छ, जसमध्ये संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ४९ जना र होम आइसोलेशनमा २४ हजार १ सय ९४ जना रहेका डा. गौतमले बताए ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ६४ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म देशभर केरोनामुक्त हुनेको कुल संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।
यसैबीच, विगत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप १९ जनाका मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय ९४ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप १ हजार ९ सय ३५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६ सय ९२ जना, ललितपुरमा १ सय ८ जना र भक्तपुरमा १ सय ३४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।