विश्व हात धुने दिवस रौतहटमा मनाइयो (फोटो फिचर)

   २९ आश्विन २०७७, बिहीबार १३:१९  

 

२९ असोज, रौतहट । कोरोना महामारीका बेला व्यक्तीगत सरसफाईमा सबैको चासो बढेको बेला विश्व हात धुने दिवस रौतहटमा भव्यताका साथ मनाइएको छ ।

“हातको सरसफाई सबैका लागी, साबुन पानी हात सधै साथ साथ” भन्ने नाराका साथ आज रौतहटमा हात धुने दिवस मनाइएको हो । जिल्लाका प्रत्येक सरकारी, गैर सरकारी कार्यालयहरुमा आज ११ बजे सो कार्यक्रम संचालन भएको थियो । जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न सरोकारवाला निकायहरुले हात धुने कार्यक्रम आयोजना गरेका थिए ।
कोरोना महामारीका बिच सबैले सरसफाई प्रति ध्यान दिनु पर्ने आवश्यक्ता रहेको बताउदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हातधुने बानीले रोगहरुबाट जोगिन मद्दत पुग्ने उनले बताए । खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी भएको उनले बताए ।

विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएको हो ।

विश्व स्वास्थ संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छः

शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।

हात कसरी धुने ?

सर्वप्रथम सफा पानीले हात भिजाउने ।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुबै हत्केलालाई एकआपसमा दलेर औंलाका कापसम्म साबुन पूर्याउने ्र
यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने ्र

यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।

धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।