महिलाले खुकुरी प्रहार गर्दा बलात्कारको प्रयास गर्ने एक पुरुषको मृत्यु
२९ असोज, रौतहट । बलात्कारको प्रयास गरेको भन्दै धनकुटाको महालक्ष्मी नगरपालिकामा एक महिलाले खुकुरी गर्दा आरोपी पुरुषको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं १ निवासी ३० वर्षीया गुरुङ थरीकी महिलाले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै स्थानका लिलबहादुर गुरुङलाई प्रतिकारका लागि खुकुरी प्रहार गर्दा मृत्यु भएको हो ।
लिलबहादुरले जबरजस्ती करणी गर्न खोजेपछि जोगिने प्रयासमा ती महिलाले खुकुरी प्रहार गर्दा आरोपी पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राती झण्डै डेढ वर्षका छोरासँग घरमा बस्दै आएकी महिलामाथि बलात्कारको प्रयास भएको थियो ।
रातको समयमा लिलबहादुरले कमलाको घरमा गई ढोका खोल्न भनेको तर ढोका नखोलेपछि जबरजस्ती ठेलेर ढोका खोली आफूलाई बलात्कार गर्न खोजेको ती महिलाले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जनाकारी दिए ।
सोही क्रममा खुकुरीले हानेपछि लिलबहादुर भागेको ती महिलाले बताएकी छिन् ।
रातीको घटनापछि बुधवार आफन्तले खोजी गर्दा लिल बहादुरको शव खोल्सीमा फेला परेको जनाइएको छ। मृत शव जिल्ला असपतालमा पोष्मार्टमका लागि राखिएको प्रहरी कार्यलय धनकुटाका एसपी अधिकारीले बताए।
उनका अनुसार घटनामा संलगन महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनको भनाइ छ