बुधबार २६३८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो
२८ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुत्रबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार विगत २४ घण्टामा १३ हजार ९ सय ४७ थजनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।
यस्तै, हालसम्म नेपालमा संक्रिय कोरोना संक्रमितको कुल सख्या ३६ हजार ३ सय ६७ रहेको छ, जसमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८ सय १९ जना र होम आइसोलेशनमा २१ हजार ५ सय ४८ जना रहेका मन्त्रालयले जनाएकौ छ ।
त्यस्तै, बितेको २४ घण्टामा थप २ हजार १ सय ७४ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हाल नेपालमा कोरोनामुक्त हुनेको संख्या पनि ८० हजार ९ सय ५४ पुगिसकेको डा गौतमले जानकारी दिएका छन् ।
यसैबीच, पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ, भने हालसम्म देशभर कोरोना संक्रण्मबाट मृत्यु हुनेको कुल संख्या ६ सय ७५ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनागरी १ हजार ४ सय ३ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।