पर्सा र बारामा गरी थप २२ जनामा कोरोना संक्रमण पुष्टि

   २८ आश्विन २०७७, बुधबार १२:१९  

२८ असोज, रौतहट । पर्सा र बारामा गरी थप २२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्सा र बाराको विभिन्न स्थानबाट ल्याइएको १ सय ९२ जनाको थोर्ट स्वाबको पीसीआर परिक्षण गर्दा जम्मा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रवक्ता एवम वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये ५ जना महिलासहित पर्साका १७ र बाराका ७ जना रहेका छन् ।

थपिएका सम्पूर्ण संक्रमितहरुमा ९ वर्षीय बालकदेखि ५४ वर्षीय वृद्धसम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए । उनले संक्रमितहरुको सिटि भ्यालु ३ देखि ३४ सम्म रहेको बताए ।