मोरङका ६० वर्षीय कोरोनासङ्क्रमित पुरुषको मृत्यु

   २८ आश्विन २०७७, बुधबार १०:५८  

२८ असोज, रौतहट । मोरङको बूढीगङ्गा गाउँपालिका–३ निवासी एक कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति नै मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

यही असोज १५ गते उनलाई कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगीसमेत रहेका डा देवले जानकारी दिए ।